पूर्वी चितवनमा हावाहुरीले टहरा भत्काउँदा ६ जना घाइते

पूर्वी चितवनमा हावाहुरीले टहरा भत्काउँदा ६ जना घाइते

चितवन । पूर्वी चितवनको रत्ननगर नगरपालिका–१६ पिठुवामा आज बिहान हावाहुरीले टहरा भत्काउँदा ६ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार माछा पोखरीमा काम गर्ने मजदुर सो स्थानमा अस्थायी टहरा निर्माण गरी बस्दै आएका थिए । बिहान ४ः३० बजे आएको हावाहुरीले टहरा भत्काएपछि उनीहरु घाइते भएका हुन् ।

प्रहरीका अनुसार घाइतेमध्ये ठेगाना खुल्न नसकेका अन्दाजी ४० वर्षीय लालु साह कानुको अवस्था गम्भीर छ भने सर्लाही भगवानपुरका– २९ वर्षीय राजेन्द्रकुमार राय, भारत घर बताउने ३० वर्षीय बसिर मियाँ, ३२ वर्षीय सिकेन्द्र पण्डित, १७ वर्षीय भोलाकुमार बिन र बारा जीतपुरका १७ वर्षीय किसान महतोको अवस्था भने सामान्य छ ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्