विराटनगरमा बन्दको सामान्य प्रभाव

विराटनगरमा बन्दको सामान्य प्रभाव

प्रेम देवान
विराटनगर ३१ जेठ । राष्ट्रिय जनता पार्टीले आह्वान गरेको दुईदिने आमहड्तालको दिन पनि विराटनगरको जनजीवन प्रभावित बनेको छ ।
राजपाले संविधान संशोधन, स्थानी तहको संख्या थप्नुपर्ने, निर्वाचनको मिति सार्नुपर्ने लगायत माग राखेर गरेका आमहड्तालका कारण विराटनगरको जनजीवन प्रभावित बनेको हो । हड्तालका कारण विराटनगरबाट चल्ने लामो तथा छोटा दुरीका सार्वजनिक यातायताका साधन पुर्ण रुपमा बन्द छन् । विराटनगरमा मोटरसाइकल, सिटी रिक्सा लगायत साना सवारी साधन फाट्टफुट्ट रुपमा चलेका छन् ।
दुई दिनको हड्तालको कारण विराटनगरका शैक्षिक संस्था, बजार, पसल, बैकिङ्ग, उद्योग कलकारखाना पूर्ण रूपमा ठप्प छन् । बिहानैदेखि विराटनगरको चोक–चोकमा राजपाका कार्यकर्ता निस्किएर बजार, पसल र सवारी साधन बन्द गराउँदै हिँडेका छन् । सडकमा सञ्चालन भएका केही सवारी साधनलाई बन्द उल्लंघन गरेको भन्दै बन्दकर्ताले हिजो एक दर्जन साना सावारी साधानमा क्षति पुर्याएका थिए ।
राजपा नेता मो.कादिरले प्रेसका सवारी साधन, एम्बुलेन्स, मोटरसाइकल, कुटनीतिक नियोगका सवारी साधन, फोहोर उठाउने गाडी, दूध र तरकारीका गाडीलाई भने कुनै पनि अवरोध नगरिएको बताए । राजपाले केन्द्रको पूर्वघोषित हड्तालको आह्वान गरेपछि मोरङ प्रहरीले विराटनगरको सुरक्षा व्यवस्था कडा पारेको छ । बन्दका कारण कुनै पनि अप्रिय घटना हुन नदिन ठूलो संख्यामा चौक चौकमा म्यादी प्रहरी नेपाल प्रहरी सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्