जगरणको एक दिन जिल्ला स्तरीय परामर्श गोष्ठी सम्पन्न

<span class='c1'>जगरणको एक दिन जिल्ला</span> <span class='c2'>स्तरीय परामर्श गोष्ठी सम्पन्न</span>

विराटनगर ३१ जेठ । सेवा प्रदायक र सरोकारवाला संघसंस्थाका बीच एकदिने जिल्ला स्तरीय परामर्श गोष्ठी सम्पन्न भएको छ । जागरण नेपालको आयोजनामा बुधबार सेवा प्रदायक संस्थाबाट उपलब्ध हुने सेवाको बारेमा कार्यक्रममा सहभागीहरुलाई परामर्स गोष्ठीमा छलफल गराईएको थियो । गोष्ठीमा बोल्दै जिल्ला जनस्वास्थ्य कार्यालय विराटनगरका खेमप्रसाद शिवाकोटीले मोरङ जिल्लामा जनस्वास्थ्य कार्यालयले ६० वटा स्वास्थ्य चौकी मार्फत ३५ प्रकारका औषधी ६ वटा प्राथमिक स्वास्थ्य केन्द्रबाट ५८ प्रकारका र जिल्ला अस्पतालबाट ७० प्रकारका औषधिहरु निःशुल्क रुपमा वितरण गरिएको जानकारी दिए । यस्तै ४ वटा निजी अस्पताल, २ वटा सरकारी अस्पतालबाट आमा सुरक्षा कार्यक्रम संचालन भएका छन् भने मोरङमा १५ वटा प्रसुती केन्द्र संचालनमा रहेको कार्यक्रममा जानकारी गराईएको थियो । उनले जटिल रोगका विपन्न गरीब वर्गका लागि १ लाख सम्म सहयोग गर्ने गरेको जानकारी दिए । मुटुरोगी, मृगौला रोगी, क्यान्सर रोगी, ढाड र टाउकोको अप्रेशन गर्नुपरेमा रकम सहयोग गर्ने पनि जानकारी दिइएको थियो ।
यस्तै जिल्ला पशु सेवा कार्यालयका वरिष्ठ डाक्टर सुशील अधिकारीले कार्यालयले प्रवाह गरेका सेवा बारेमा जानकारी गराएका थिए । उनले मोरङ जिल्लामा क वर्गका ४ वटा र ख वर्गका १३ वटा सेवा केन्द्र संचालनमा रहेको जानकारी दिए । जिल्ला पशु सेवा कार्यालयले पशु बिमा कार्यक्रम संचालनमा ल्याईसकेको पनि सहभागीहरुलाई जानकारी दिए । यस्तै सहुलियत कृषि ऋण उपलब्ध गराएको बताए । कार्यक्रममा विभिन्न संघसंस्था र राजनीतिक दलका प्रतिनिधिहरुको सहभागिता रहको जागरण नेपालीकी विष्णु तामाङले जनाकारी दिईन् । कार्यक्रम जागरण नेपालका मोरङ संयोजक वेदकुमार खत्री , क्षेत्रीय संयोजक प्रतिक्षा बस्नेत,लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्