बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

<span class='c1'>बस दुर्घटना हुँदा</span> <span class='c2'>११ जनाको मृत्यु</span>

जेष्ठ ३१, - कालिकोटको जीतेगडाबाट महेन्द्रनगर जाँदै गरेको ना ४ ख २९९८ नम्बरको बस दैलेखको आठवीस नगरपालिका ४ नैनलदेव मन्दिर नजिक दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बसमा ३२ जना यात्रु सवार थिए । बस कर्णाली राजमार्गबाट ३ सय मिटर तल कर्णाली नदी किनारमा खसेको छ  । दुर्घटनामा घाइते भएका २१ जनामध्ये २ जनाको मात्र हेलिकप्टरबाट उद्दार गरिएको छ ।

दुर्घटनामा घाइते भएका अन्य १९ यात्रुको बुधवार राती अबेरसम्म उद्दार हुन सकेको छैन । पहुँचवालाको मात्र उद्दार भएपछि अन्य घाइतेका आफन्तहरु आक्रोशित बनेका छन् । प्रत्यक्षदर्शी दिपक दशौदिका अनुसार अधिकांश घाइतेको अबस्था गम्भीर छ । उनीहरुलाई स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि थप उपचारका लागि सुर्खेत र  नेपालगन्ज पठाइएको छ । एम्बुलेन्समार्फत बिरामी लिदा दैलेखबाट सुर्खेत पुग्न पाँच घन्टा लाग्ने भएकाले थप समस्या हुने भन्दै आफन्त आक्रोशित भएका हुन ।  प्रहरीका अनुसार दुर्घटनाको कारण खुल्न सकेको छैन् । घाइतेहरुको  स्थानीय बासिन्दा र प्रहरीले उद्दार गरेका हुन ।

सडकबाट करिव ३ सय मिटर तल खसेको बस पूर्णरुपमा क्षतिग्रस्त भएको स्थानीयले जनाएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एकेन्द्र खडाका अनुसार मृत्यु हुनेहरुमा ८ पुरुष, २ महिला र १ नावालक छन् । ३ जनाको सनाखत हुन बाकी रहेको प्रहरी निरीक्षक खडाले बताए । प्रहरीले घटनाको प्रारम्भिक अनुसन्धान सुरु गरेको उनको भनाइ छ । गम्भीर घाईतेको संख्या धेरै भएकोले मृत्यु हुनेको बढ्नसक्ने प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चालकको अबस्था सामान्य छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्