कक्षा ११ को परीक्षामा आजबाट

<span class='c1'>कक्षा ११ को</span> <span class='c2'>परीक्षामा आजबाट</span>

राष्ट्रिय परीक्षा बोर्डले आज (बिहीबार) देखि लिने कक्षा ११ को परीक्षामा छात्रभन्दा साढे २६ हजार बढी छात्रा सहभागी हुँदैछन् । परीक्षा नियन्त्रक डम्बर बतासका अनुसार परीक्षामा ४ लाख ४९ हजार ५४ विद्यार्थीले परीक्षा दिँदै छन् । यसमध्ये २ लाख ११ हजार ६ सय ८१ छात्र छन् भने २ लाख ३७ हजार ३ सय ७३ छात्रा । परीक्षामा नियमिततर्फ ३ लाख ४८ हजार ६० र आंशिकतर्फ १ लाख ९९४ विद्यार्थी छन् । ३ हजार ७६५ विद्यालयका कक्षा ११ का विद्यार्थीलाई ९९३ केन्द्रबाट परीक्षा दिने व्यवस्था मिलाइएको बतासले जनाए । काठमाडौंमा मात्रै १११ केन्द्र निर्धारण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्