चन्द्रागिरि नगरपालिका-५ गुर्जुधारा नजिकै बिहीबार बिहान भएको बसले ठक्कर दिदा स्थानीयवासी ७२ वर्षीया तुलसीमाया श्रेष्ठको मृत्यु भएको छ ।
काठमाडौँबाट भैरहवा सञ्चालन हुने लु १ ख ६४६६ नंको यात्रुवाहक बसले बिहान ६ बजे गुर्जुधारा नजिकै नेपाल टेलिकमको कार्यालय अगाडि ठक्कर दिँदा श्रेष्ठको घटनास्थलमै ज्यान गएको महानगरी ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।थानकोटस्थित महानगरीय प्रहरी वृत्तले घटनामा संलग्न सवारी साधनलाई नियन्त्रणमा लिई चालकलाई पक्राउ गरेको छ ।