सप्तरीको हनुमाननगर कंकालिनी-१४ बाट प्रहरीले विहीबार ४० हजार मुल्य बराबरको भन्सार छलेको घरेलु मदिरासहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारत सुपोल दिगिमार-५ बस्ने ४० बर्षिय सुरेश कुमार राय रहेका छन्।
रायले बि ए ७ एफ १२५९ नम्बरको भारतीय मोटरसाइकलमा भारत लैजादै गरेको ११५ बोतल मदिरा दशगजा एरियाबाट बरामद गरेको हो।
बरामद मदिरा आवश्क कार्वाहीकोलागी राजविराज भन्सार कार्यालय कुनौलीमा बुझाएको सप्तरी प्रहरीले जनाएको छ