यसरी हेर्न सकिन्छ एसइईको नतिजा

यसरी हेर्न सकिन्छ एसइईको नतिजा

माध्यमिक शिक्षा परीक्षा कक्षा १० को नजिता प्राप्त गर्न का लागि टेलिफोन, एसएमएस र वेबसाइटको व्यवस्था भएको पनिकाले जनाएको छ ।

नेपाल टेलिकमको १६०० नम्बरमा डायल गरी प्राप्त निर्देशनबमोजिम नतिजा सुन्न सकिनेछ भने नेपाल टेलिकमको १६००, एनसेलको १६००मा एसएमएसको व्यवस्था गरिएको छ ।
त्यसैगरी ३१००३, ३५५६६, ३३६२४, ३५००१ र ३४९४९ मा पनि एसएमएस गर्न सकिने पनिकाले जनाएको छ ।परीक्षाको नतिजा हेर्नका लागि १६०० मा डायल गर्न सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । त्यसैगरी एसएमएस र इन्टरनेटको माध्यमबाट पनि नतिजा हेर्न सकिने छ । परीक्षा नियन्त्रण कार्यालय र नेपाल टेलिकमको वेबसाईटमा नतिजा राखिएको  परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए ।

नतिजाका लागि परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरकाे बेवसाइट www.soce.gov.np मा हेर्न सकिने बाेर्डले जनाएको छ । त्यस्तै शिक्षा मन्त्रालयको www.doe.gov.np, शिक्षा विभाग सानोठिमी भक्तपुरकाे www.doe.gov.np, राष्ट्रिय परीक्षा वोर्ड सानोठिमी भक्तपुरकाे www.neb.gov.np र एनसेल प्रा. लि.काे  www.ncell.axiata.com मा गएर पनि परीक्षाकाे नतिजा हेर्न सकिने बाेर्डले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्