वीरगन्जमा राष्ट्रिय जनता पार्टीले आह्वान गरेको बन्दको अवज्ञा गर्दै बजार खोलियो

वीरगन्जमा राष्ट्रिय जनता पार्टीले आह्वान गरेको बन्दको अवज्ञा गर्दै बजार खोलियो

वीरगन्जमा राष्ट्रिय जनता पार्टीले आह्वान गरेको बन्दको अवज्ञा गर्दै बजार खुलेको छ । मंगलबारदेखि बन्द रहेको बजार शुक्रबारबाट खुल्न सुरु गरेको छ ।
सवारी साधन पनि संचालनमा आएपछि वीरगन्ज बजारमा चहलपहल बढेको छ । स्थानीय व्यापारीहरुले राष्ट्रिय जनता पार्टीले बन्द आह्वान गरेर आफूहरुलाई दुःख मात्रै दिएको गुनासो पनि गरेका छन् । उनीहरुले आन्दोलनको नाममा जनतालाई दुःख दिने काम कसैले पनि गर्न नहुने धारणा पनि राखेका छन् ।
बन्दको चौथो दिन शुक्रबार बिहान पानी परेका कारण वीरगन्जका सडकमा आन्दोलनकारीहरु देखा परेका थिएनन् । तर पानी पर्न रोकिए पछि घण्टाघर, नगवा, मालपोत चोक, पावरहाउसलगायतका केही स्थानमा राष्ट्रिय जनता पार्टीका कार्यकर्ताहरुले केहीबेर टायर बालेर प्रदर्शन गरेका थिए । राष्ट्रिय जनता पार्टीका नेता शिव पटेलले भने बन्द फिर्ता नभएको बताउँदै पानी परेकोले कार्यकर्ता सडकमा नदेखिनु स्वभाविक भएको बताए । आन्दोलनकै क्रममा प्रर्दशनकारीले दिउँसो २ बजे वीरगन्जमा लाठी जुलुस प्रदर्शन भने प्रर्दशन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्