पेट्रोलियम पदार्थको मुल्य घट्यो

पेट्रोलियम पदार्थको मुल्य घट्यो

असार २,  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आज रातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर डेढ रुपैयाँ घटाएको हो ।

घटेको मूल्यअनुसार पेट्रोल प्रतिलिटर सय रुपैयाँ, डिजेल र मट्टीतेल प्रतिलिटर ७६ रुपैयाँमा बिक्री हुने निगमका प्रवक्ता सीताराम पोखरेलले जानकारी दिए ।

नयाँ मूल्यअनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ ६९ पैसा, डिजेलमा प्रतिलिटर एकरुपैयाँ ४७ पैसा र मट्टीतेलमा प्रतिलिटर १७ रुपैयाँ ४५ पैसा नाफा रहनेछ । अहिले निगमले पाक्षिक ३८ करोड नाफा गरिरहेको छ ।

निगमले खाना पकाउने ग्यासको प्रतिलिटर १३ सय ७५ मूल्य कायम गरेको छ । यसमा उसलाई प्रतिसिलिण्डर करिब ४० रुपैयाँ नाफा रहन्छ ।

निगमले पुष महिनायता पहिलो पटक मूल्य समायोजन गरेको हो । निगमले २०७२ असोजदेखि पेट्रोलियम पदार्थको समायोजित मूल्य कायम गर्दै आएको थियो ।प्रवक्ता पोखरेलले भारतीय आयल कर्पोरेशनबाटै पेट्रोलियम पदार्थको मूल्य घटेर आएकाले मूल्य समायोजन गरिएको जानकारी दिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्