बिराटनगरमा एमाले-फोरम गठबन्धनबाट विनोद र सुची उमेदवार, एमालेमा भने विवाद

बिराटनगरमा एमाले-फोरम गठबन्धनबाट विनोद र सुची उमेदवार, एमालेमा भने विवाद

विराटनगर असार ४ , बिराटनगर महानगरपालिकामा स्थानीय निकायको निर्वाचनको लागि नेकपा एमाले र फोरम लोकतान्त्रिक पार्टी बिच गठबन्धन तय भएको छ । पछिल्लो संविधानसभाको निर्वाचनमा बिराटनगरमा चौथो शक्ति भएको एमाले र दोस्रो स्थानमा रहेको फोरम लोकतान्त्रिक विच निर्वाचनको लागि गठबन्धन भएको हो । बिराटनगर महानगरपालिकाको मेयर पदका लागि नेकपा एमालेबाट जिल्ला अध्यक्ष बिनोद ढकाल उमेदवार छन् भने विजय गच्छदारको फोरम लोकतान्त्रिक पार्टीबाट सुची चौधरीलाई उपमेयरको उमेदवार बनाइएको पार्टीले जनाएको छ । दुवै पार्टीले चुनावमा आफ्नो पकड राम्रो बनाउन यस्तो निर्णय गरिएको हो । यता एमालेका धेरै कार्यकर्तामा भने यस गठबन्धनका विषयमा चरक असन्तुष्टि रहेको छ । पार्टीका पुर्व जिल्ला अध्यक्ष महेश रेग्मीको पनि असन्तुष्टि रहेको बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्