विराटनगर महानगरपालिकामा निर्वाचन कार्यालयले विभिन्न राजनीतिक दललाई आफ्नो मनोनयन दर्ताका लागि समय तोकेको छ ।
महानगरपालिकामा नेकपा एमालेले बिहान ११ बजे, माओवादी केन्द्र, नयाँ शक्ति, नेपाल लोकतान्त्रिक फोरम, संघीय समाजवादी फोरमलाई ३ बजे र नेपाली काँग्रेसलाई ४ बजे समय तोकिएको प्रमुख निर्वाचन अधिकृत विनोदकुमार पोखरेलले जानकारी दिए ।