बिबेकशील नेपालीकी रन्जु दर्शना पूर्वमा

बिबेकशील नेपालीकी रन्जु दर्शना पूर्वमा

बिराटनगर असार ४ , काठमाडौं महानगरपालिकामा मेयरको उमेदवारि दिएकी युबा नेतृ रन्जु दर्शना दोस्रो चरणको चुनावी कार्यक्रमको लागि पुर्व आउने भएकी छिन। काठमाडौंमा विवेकशील नेपाली दलबाट स्वतन्त्र उमेदवारि दिएकी रन्जु दर्शनाले धेरै मतदाताको मत जित्न सफल रहिन। काठमाडौं महानगरको राजनीतिमा नया तरंग भर्न सक्ने रन्जु पुर्बी नेपालको मोरङ स्थित केराबारी गाउपालिका वडा न ९ कि वडा अध्यक्ष उमेदवार सरस्वती आचार्य लगायत झापाका बिबेकशील उमेद्वारलाई जिताउन र उनको चुनावी अभियानमा साथ दिन मोरङ आउने बुझिएको छ। विर्तामोडमा असार ४ गते विवेकशील नेपालीकी नेतृ रन्जु दर्शना र ब्यवस्थापिका प्रमुख गोबिन्द नारायण तिमल्सिनाको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम आयोजना हुनेछ भने असार ६ गते केराबारीमा रहि सहयोग गर्ने जानकारी प्राप्त भएको छ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्