जात्रि/सिरिजात भव्यरुपमा सम्पन्न

जात्रि/सिरिजात भव्यरुपमा सम्पन्न

विजय धिमाल उर्लाबारी ४ असार ,

धिमाल जातिको महान पर्व जात्रि÷सिरिजात बृहत मेला संगै साँस्कृतिक कार्यक्रको आयोजना गरी असार २ गते शुक्रबार दश बिगे परियोजना स्थलमा भव्यताकासाथ सम्पन भएको छ । समापन कार्यक्रमा केन्द्रले ७ जना विविध विषयमा एम.ए. उर्तिण गरेकाहरुलाई सम्मान र धिमाल युवा प्रतिभा पुरस्कार उर्लाबारी ८ अठियाबारी निवासी बडिबिल्डर बिकास धिमाललाई प्रदान गरेको हो । यसैकार्यक्रम बिच एम.ए. उर्तिण मोहनकुमार धिमाल, कमला धिमाल, रत्नबहादुर धिमाल, रुद्र धिमाल, ज्ञानबहादुर धिमाल, दिपिका धिमाल र भुवनकुमार धिमाललाई दोसल्ला सहित प्रशंशा पत्रद्वारा विकास केन्द्रले सम्मान गरिएको थियो । मोरङ, झापा र सुुनसरी जिल्ला धिमाल लगायत गैर धिमालहरु बिभिन्न ठाउँबाट पुजागर्न वा मेला भर्न हजारौको आगमन रहेको थियो । विक्रम सम्वतको नयाँ वर्ष प्रवेशसंगै वैशाख २ गते मोरङको भोगटेनी राजारानी धिमाल डाँडाबाट प्रारम्भ हुने गर्दछ । मोरङ, झापा र सुुनसरी जिल्ला लगायत नेपाल भर रहेको एक साय धिमाल बस्तिहरुमा फरक फरक गतेमा जात्रि÷सिरिजात मनाउने मनाईसकेपछि असार २ गते धिमाल जातीय बिकास केन्द्र दश बिगेमा सम्पन्न हुनेगरेको बिकास केन्द्रका तेजबहादुर धिमालले जानकारी दिए । थप्दै धिमाल समुदाय भरि कुनै ठाउँ पुजा त कुनै ठाउँ मेला लगाउदै २ महिना सम्म लगातार मनाउदै आएका छन, नेपालमै लामो समय सम्म जातीय पर्व मनाउने धिमाल जाति बाहेक अन्य जाति नरहेको उनि दाबि गर्दछन । जात्रि÷सिरिजात मनाउनुको कारण अतितमा जंगलका हिंस्रक जनावर, अनेकौँ रोगव्याधि, महप्रलय, अनाबृष्टि, अतिबृष्टि, अनिकाल, खडेरी, आगलागि लगायत अनेकौँ संकटहरुबाट बच्न र बचाउनका खातिर ग्रामथान÷महाराजथानमा देरादिर(भगवान)घरदेखि केहिपर वा धिमाल समुदायको पूर्वपट्टी थान र्र्निमाण गरि वर्षको एक पटक पुजाआजा परापूर्वकादेखि हाल सम्मगर्दै आएको धिमाल जातीय विकास केन्द्रका महासचिव केदार धिमाल बताउछन । थपदै ग्रामथान तथा महाराजथानमा पुजाआजा गर्दा फलफुल लगायत सुँगुर, बोका, बाख्रा, हाँस, कुखुरा, परेवा आदिको बलिदिने र रक्सी पनि चढाउने चलन रहेको बताउछन ।

मूख्य बाजा ढोल बजाएर प्रतिस्पर्धा गरि प्रथम, द्वितिय, त्रितिय र सानत्वना हुनेलाइ पुरस्कृत गरिन्छ । ढोल प्रतिस्पर्धामा छिमेकी गाँउ टोलका धिमाल जाति नै हुन्छन । यो वर्ष ढोल प्रतियोगीतामा प्रथम कालाबन्जार गाउँटोल, द्वितिय डुम्रेघाट गाउँटोल, त्रितिय केरौन गाउँटोल र सानत्वना जामुझार गाउँटोल भएका थिए । नगद सहित प्रमाण पत्रद्वारा पुरस्कृत गरिएको थियो । यसै कार्यक्रम बिच धिमाल फाउण्डेशन नेपाल दमक झापाद्वारा आयोजित ढोल लिग प्रतियोगीताको पुरस्कार समेत गाउँटोललाई प्रदान गरेको थियो । नेपाल भरि जम्मा ४० स्थानमा धिमाल मेला सम्पन्न भएको थियो । सहभागी र जितहासिलको आधारमा अंकद्वारा प्रथम रिङगुवा, द्वितिय कालाबन्जर, त्रितिय जामुझार, चौथो डुम्रेघाट, पाँचौ बयरबन गाउँटोल र सर्बोत्कृष्ठ रिङगुवा गाउँटोल भएका थियो ।कार्यक्रमका प्रमुख अतिथि नेपाल आदिवासि जनजाति महासंघ नेपालका महासचिव नित्यनन्द ताजपुरिया बिशिष्ठ अतिथिमा विकास केन्द्रका पूर्व अध्यक्ष रामबहादुर धिमाल र विकास केन्द्रका निवर्तमान अध्यक्ष नगेन्द्र धिमाल, अतिथिहरुमा विभिन्न संघसंस्था, बुद्धिजिवि, समाजसेवि, विभिन्न राजनैतिक दलका नेताहरु रहेका थिए भने धिमाल जातीय विकास केन्द्रका केन्द्रीय अध्यक्ष तेजबहादुर धिमालको सभापतित्वमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्