बिराटनगरमा राजपा सेलायो , बन्दको प्रभाव न्यून

बिराटनगरमा राजपा सेलायो , बन्दको प्रभाव न्यून

बिराटनगर असर ४ ,राष्ट्रिय जनता पार्टी (राजपा) ले स्थानीय निकायको चुनाबको बिरोध गर्दै लगातार आन्दोलनका कार्यक्रम गरेपनि आज आइतबार मनोनयन दर्ता गर्ने दिन भएता पनि राजपाको कुनै बिरोध देखिएको छैन । बिराटनगरमा आज राजपाको गतिबिधी शून्य जस्तै देखिएको छ । राजपाले आजको उमेद्वार मनोनयनलाई असर पुग्ने गरि बन्दको आवहान गरेको थियो तर बिराटनगरमा बन्दको प्रभाब खासै देखिएको छैन । मनोनयन दर्ताको काम पनि शान्तिपूर्ण र उत्साह जनक रुपमा अगाडी बढिरहेको हाम्रा सहकर्मी प्रेम देवानले जानकारी दिए । राजनीतिक दलहरु झाकी र रयाली सहित मनोनयन दर्ता गर्न जाने क्रम जारि रहेको छ ।

दुई दिन अघि क्षेत्रीय निर्वाचन कार्यलयमा ताला लगाउन पुगेका १४ जना राजपाका कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएर रिहा नगरेका कारण राजपाको विरोध शुन्य भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्