फर्जी कागजातका आधारमा लिएको नागरिकता रद्द

<span class='c1'>फर्जी कागजातका आधारमा</span> <span class='c2'>लिएको नागरिकता रद्द</span>

जिल्लाको साविक साल्मे गाविस–८ का क्याट्रिना तामाङको नेपाली नागरिकताको प्रमाणपत्र रद्द गरिएको छ ।

किस्पाङ गाउँपालिका–४ अर्थात् साल्मे गाविस–८ को ठेगानामा बाबु सेल्दोर्जे तामाङ र आमा मसिनो तामाङको छोरी भएर क्याट्रिना तामाङको नाममा नुवाकोट प्रशासनबाट जारी भएको नेपाली नागरिकताको प्रमाणपत्र रद्द गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत किशोर विश्वकर्माले जानकारी दिए ।

तामाङको नागरिकतामा उल्लेख भएअनुसार बाबु÷आमा नभएको र फर्जी कागजात बनाएर नागरिकताको प्रमाणपत्र लिएको पाइएपछि २०७३ माघ ११ गते जारी नागरिकताको प्रमाणपत्र रद्द गरिएको प्रशासकीय अधिकृत विश्वकर्माले बताए ।

“स्थानीय क्षेत्रबाट मुचुल्का र गाविसको कार्यालयबाट समेत स्वीकृत लिएर आएपछि क्याट्रिना तामाङलाई नागरिकताको प्रमाणपत्र दिएका थियौँ,” उनले भने, “पेस भएको कागजात फर्जी र गैरकानुनी पाइएपछि नुवाकोट प्रशासनले रद्द गरी त्यसको जानकारी गृह मन्त्रालयमा समेत पठाएका छौँ ।”

तामाङले प्राप्त गरेको नेपाली नागरिकताको आधारमा राहदानीको फारामसमेत भरिसकेकाले त्यसलाई पनि रद्द गर्न पराराष्ट्र मन्त्रालय, राहदानी विभागमा नुवाकोट प्रशासनले पत्राचार गरेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्