एशीयाली पूर्वाधार लगानी बैंकले नेपालमा १ खर्ब १४ अर्ब लगानी गर्ने

एशीयाली पूर्वाधार लगानी बैंकले नेपालमा १ खर्ब १४ अर्ब लगानी गर्ने

४ असार, काठमाडाैं । चीनको अग्रसरतामा स्थापना भएको एशीयाली पूर्वाधार लगानी बैंकले नेपालको पूर्वाधार विकासमा करिव १ खर्ब १४ अर्ब लगानी गर्ने भएको छ ।

अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपालको पूर्वाधार विकासका लागि एशीयाली पूर्वाधार लगानी बैंकले खर्बभन्दा बढी लगानी गर्ने सहमति गरेको जानकारी दिए ।

 

दक्षिण कोरियाको राजधानी सियोलमा आयोजित बैंकको बैठकमा भाग लिई स्वदेश र्फकनु भएका मन्त्री कार्कीले सोमबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै बैंकले यो वर्षभित्रै तराईको ७ जिल्लाको पूर्वाधार विकासका लागि २८ अर्ब र काठमाडौं उपत्यकाको विद्युत सुधारका लागि १० अर्ब रकम उपलब्ध गराउने सहमति गरेको उल्लेख गरे ।

बैंकले काठमाडौंको सामाकोसी-टोखा सडक स्तरोन्नतिका लागि २२ अरव, पोखरा-बेनी-जोमसोम सडक विस्तारका लागि १६ अरव, तामाकोसी तेस्रो विद्युत आयोजना निर्माणका लागि १८ अरव रकम उपलब्ध गराउँदै जाने समझदारी पनि गरेको छ । बैठकमा अर्थमन्त्री कार्कीले नेपालको पूर्वाधार विकासका लागि सहयोग गरिदिन बैकसँग आग्रह गरे ।

अर्थमन्त्री कार्कीले नेपालको पूर्वाधार विकासमा लगानी गर्न एशीयाली पूर्वाधार लगानी बैंक धेरै इच्छुक देखिएको पाइएको उल्लेख गरे । अर्थ मन्त्रालयका सचिव शान्तराज सुवेदीले नेपालको पूर्वाधार विकासमा लगानी गर्न एशीयाली पूर्वाधार लगानी बैंक आतुर रहेको बताए ।

एशीयाली पूर्वाधार लगानी बैंक अतिकम विकसित र अल्पविकसित मुलुकहरुको पूर्वाधार विकास गर्ने लक्ष्यका साथ स्थापना गरिएको बैंक हो । यसमा चीन, बेलायत र क्यानडा सरकारको विशेष लगानी रहेको छ ।-अनलाइन खबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्