राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता इन्द्रप्रसाद ढुङ्गेलको ७३ वर्षको उमेरमा निधन

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता इन्द्रप्रसाद ढुङ्गेलको ७३ वर्षको उमेरमा निधन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता इन्द्रप्रसाद ढुङ्गेलको ७३ वर्षको उमेरमा निधन भएको छ ।
उनी पेट र मधुमेह रोगसम्बन्धी समस्याले चाबहिलस्थित ॐ अस्पतालमा उपचाररत थिए । विसं २००७ मा नेपाली काँग्रेसमा प्रवेश गरी राजनीतिक गतिविधि सुरु गरेका ढुङ्गेलले प्रजातन्त्र स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

उनले सिन्धुली जिल्ला पञ्चायत सभापति तथा विज्ञान र प्रविधि राज्यमन्त्रीको समेत जिम्मेवारी सम्हालेका थिए । उनी राप्रपाका संस्थापक नेता हुन् ।  उनका श्रीमती, दुई छोरा र पाँच छोरी छन् । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको पार्टीका नेता राजाराम श्रेष्ठले जानकारी दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्