चार महिनाभित्रमा सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने

<span class='c1'>चार महिनाभित्रमा सवारीसाधनमा इम्बोस्ड</span> <span class='c2'>नम्बर प्लेट जडान गर्ने</span>

काठमाडौं । सरकारले आगामी चार महिनाभित्रमा सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने भएको छ । नम्बर प्लेटका आधारमा सवारीसाधनलाई तुरुन्तै पहिचान गर्न सकिने भएकाले सरकारले इम्बोस्ड नम्बर जडान गर्न लागेको हो ।

“इम्बोस्ड नम्बरबाट कर नतिरेका सवारीहरु कहाँ गुडिरहेका छन्, पत्ता लगाउन सजिलो हुन्छ,” यातायात व्यवस्था विभागका प्रवक्ता टोकराज पाण्डेले भने, “इम्बोस्ड नम्बरप्लेट उक्काउन र साटफेर गर्न नमिल्ने भएकाले र ट्राफिक चेकजाँचका लागि पनि सजिलो भएकाले सवारीसाधनमा जडान गर्न लागिएको हो ।”  इम्बोस्ड नम्बरमा जिपिएस सिस्टमको समेत प्रयोग रहने र यस्तो प्रविधिले कुन सवारी कहाँ गुडिरहेको छ थाहा पाइने उनले बताए ।

“खरिद प्रक्रिया पूरा भएपछि इम्बोस्ड नम्बर प्रयोगमा ल्याइन्छ,” पाण्डेले भने, “दररेट कायम नभएकाले जडान गर्न चार महिना लाग्नसक्छ ।”

इम्बोस्ड नम्बर ५ वर्षमा २५ लाख वितरण गर्ने सरकारको योजना रहेको छ । पहिला सरकारी र कूटनीतिक नियोगका सवारीमा जडान गरिने इम्बोस्ड नम्बर पहिलो चरणमा काठमाडौं र त्यसपछि अन्य जिल्लामा जडान गरिने पाण्डेले बताए ।  विकसित देशहरुमा प्रयोग भइआएको इम्बोस्ड नम्बरको योजना नेपालमा पहिलो पटक ल्याइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्