मेरिल्याण्ड कलेजलाई फोकस नेपालको सम्मान

मेरिल्याण्ड कलेजलाई फोकस नेपालको सम्मान

विराटनगर असार ६ , फोकस नेपाल संस्थाले हरेक वर्ष प्रदान गर्दै आएको शिक्षा सेवा पुरस्कार बिराटनगरस्थित मेरिल्याण्ड कलेजलाई प्रदान गरिएको छ । हरेक वर्ष देशका उत्कृष्ट उच्च माविलाई प्रदान गरिने उक्त पुरस्कार यस वर्ष मेरिल्याण्ड कलेजलाई दिइएको हो । काठमाडौमा आयोजना भएको एक कार्यक्रम विच उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठले मेरिल्याण्ड कलेजलाई उक्त सम्मान गर्नुभएको थियो । सम्मान ग्रहण कलेजका निर्देशक प्रो.डा प्रमोद कुमार झाले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्