काँग्रेसले आधिकारिक उम्मेदवारविरुद्ध उठ्ने बागी उम्मेदवारलाई कारबाही गर्ने

काँग्रेसले आधिकारिक उम्मेदवारविरुद्ध उठ्ने बागी उम्मेदवारलाई कारबाही गर्ने

काठमाडौँ । नेपाली काँग्रेसले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उठ्ने बागी उम्मेदवारलाई कारबाही गर्ने भएको छ ।

काँग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज विज्ञप्ति जारी गर्दै यही असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उठ्नेलाई कारबाही गर्ने जनाएका छन् ।
विज्ञप्तिमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध पार्टीका कुनै सदस्यले बागी उम्मेदवारी दर्ता गरी निर्वाचन आयोगद्वारा तोकिएको समयसीमाभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिए त्यस्ता उम्मेदवार र निजका प्रस्तावक एवम् समर्थकलाई कारबाही गरिने उल्लेख छ ।

काँग्रेसले त्यस्ता व्यक्तिलाई पार्टीको विधान २०१७ संशोधित र परिमार्जितको धारा ४९ ११ ख अनुसार पार्टीबाट स्वतः निष्काशन गर्ने जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्