विराटनगरमा फ्रान्सका प्रशिक्षकले नृत्य सिकाउने

<span class='c1'>विराटनगरमा फ्रान्सका प्रशिक्षकले</span> <span class='c2'>नृत्य सिकाउने</span>

विराटनगर ८ असार । आफूलाई नृत्य गर्न रहर छ तर आउदैन भने विराटनगरमा नृत्य सिक्नेहरुका लागी सुनौलो अबसरमा आएको छ । टच डान्स स्टुडियो विराटनगरले नृत्य प्रति अभिरुचि हुने व्याक्तिहरुका लागी ४ दिने कन्टेम्प्रोरी वकसर्प २०१७ हुने भएको छ ।
विराटनगरमा पहिलो पटक अन्तराष्ट्रिय डान्स कोरीयोग्राफर एलिज बाईनिकले प्रशिक्षार्थीहरुलाई प्रशिक्षण दिने भएकाछन् । फ्रान्सबाट आएका कोरीयोग्राफरले ४ दिनमा जम्मा १४ घन्टा प्रशिक्षण दिने टच डान्स स्टुडियोका संचालक निस्चल राणाले जानकारी दिए । उनका अनुसार विराटनगरमा असार १० गतेदेखि आगामी १४ गते सम्म उक्त डान्स वर्कसप हुनेछ । सोका वर्कसपमा भाग लिन चाहनेहरुका लागी आवेदन फारम खुल्ला रहेको उनले बताए । उक्त वर्कसपका लागि हालसम्म ईलाम, झापा, विर्तामोड, दमक, धरान र ईटहरीका सहभागीहरुले फारम भरिसकेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्