भोट माग्न शीर्ष नेताहरु शनिबार बिराटनगर आउने

<span class='c1'>भोट माग्न शीर्ष नेताहरु</span> <span class='c2'>शनिबार बिराटनगर आउने</span>

बिराटनगर असार ९ , । चार पार्टीका शीर्ष नेताहरु शनिबार बिराटनगर आउने भएका छन् । दोस्रो चरणमा निर्वाचन हुन लागिरहेको एक मात्र महानगरपालिका बिराटनगरमा प्रमुख दलका शीर्षनेताहरु भोट माग्न केन्दि्रत हुने भएका छन् ।

 

उनीहरु भिन्नाभिन्नै चुनावी सभालाई सम्वोधन गर्न पूर्वप्रधानमन्त्रीहरु सहित ४ पार्टीका अध्यक्ष बिराटनगर आउने भएका हुन् ।माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र संघीय समाजवादीका अध्यक्ष उपेन्द्र यादवले संयुक्त चुनावी सभालाई सम्वोधन गर्ने कार्यक्रम छ ।त्यसैगरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारले अर्को संयुक्त सभालाई सम्वोधन गर्नेछन् ।

नेकपा एमालेका एक नम्वर प्रदेश सदस्य महेश रेग्मीका अनुसार एमाले र फोरम लोकतान्त्रिकले संयुक्त रुपमा आयोजना गरेको चुनावी सभालाई दुवै पार्टीका केपी शर्मा ओली र विजयकुमार गच्छदारले सम्वोधन गर्ने कार्यक्रम छ ।एमाले र लोकतान्त्रिक फोरमको चुनावी सभा विराटनगरको गुद्रीमा शनिबार दिउँसो ३ बजेलाई तय गरिएको छ ।त्यसैगरी माओवादी केन्द्र र संघीय समाजवादी फोरम नेपालले संयुक्त रुपमा आयोजित चुनावी सभालाई दुबै पार्टीका अध्यक्षद्वय प्रचण्ड र उपेन्द्र यादवले सम्वोधन गर्ने कार्यक्रम छ ।

बिराटनगरको हाटखोलामा आयोजित चुनावी सभालाई नेताद्वयले शनिबार दिउँसो २ बजे सम्वोधन गर्ने कार्यक्रम तय भएको माओवादी केन्द्रका मोरङ जिल्ला अध्यक्ष गोपी आछामीले जानकारी दिए ।असार १४ गते हुने स्थानीय तहको दोस्रो चरणको चुनावमा बिराटनगर महानगरपालिकामा एमाले र फोरम लोकतान्त्रिकले तालमेल गरेका छन् । एमालेका विनोद ढकाल मेयरमा र लोकतान्त्रिकबाट सुची चौधरी उपमेयरमा उठेका छन् ।

त्यस्तै माओवादी केन्द्र र संघीय फोरमले पनि आपसी तालमेल गरेका छन् । मेयरमा फोरमका तर्फबाट उमेश यादव र उपमेयरमा माओवादी केन्द्रका तर्फबाट नमिता न्यौपाने उठेका छन् । -अनलाइन खबरको सहयोगमा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्