लहानमा एक महिलाको हत्या

<span class='c1'>लहानमा एक</span> <span class='c2'>महिलाको हत्या</span>

लहान । सिरहाको लहान नगरपालिका–१ मा गए राति एक महिलाको हत्या भएको छ । तत्काल सनाखत हुन नसकेकी करिब २८ वर्षीया महिलाको टाउकामा ढुङ्गा प्रहार गरी हत्या गरिएको अवस्थामा शुक्रबार बिहान शब फेला परेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक हिराबहादुर पाण्डेले जानकारी दिए ।

शवको प्रकृति हेर्दा कसैले बलात्कार गरी हत्या गरेको हुन सक्ने आशङ्का गरिएको छ । बिहान मर्निङ वाकमा गएका व्यक्तिहरुले शव देखेपछि प्रहरीलाई खबर गरेको थियो । शवपरीक्षणका लागि लहानस्थित रामप्रसाद उमा स्मारक अस्पताल पुर्याएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक पाण्डेले बताए । रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्