शिक्षक सराेकार सहकारीकाे हाजिरि जवाफमा माेर्डन एरा प्रथम

<span class='c1'>शिक्षक सराेकार सहकारीकाे हाजिरि</span> <span class='c2'>जवाफमा माेर्डन एरा प्रथम</span>

शिक्षक सरोकार बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा भएकाे दोश्रो अन्तरबिद्यालय हाजिरीजवाफ प्रतियोगिताको उपाधी मोडर्न एरा बिद्यालयले हात पार्न सफल भएको छ । आज श्री कृष्ण पार्टी प्यालेसमा फाइनल सम्पन्न भएको थियाे | जेष्ठ १९ गते देखि सुरु भएको प्रतियोगिताको छनोट चरण मोरंगको बिभिन्न भागमा सम्पन्न भएको थियो | ८३ स्कुल प्रतिस्पर्धित प्रतियोगिताको आज सम्पन्न फाइनलमा कुल पाँच टिमको प्रतिस्पर्धा भएको थियो जसमा सर्वाधिक अंक ल्याउदै मोडर्न एरा बिद्यालयले उपाधि हात पार्न सफल भएको हाे । मोडर्न एरालाई पछ्याउदै सप्तकोशी बिद्यालय उर्लाबारी, द राइजिंग स्कुल कोशी हरैचा, सगरमाथा स्कुल बिराटनगर, र नमुना स्कुल बिराटनगर क्रमशः दोश्रो, तेस्रो, चौथो र पाचौ हुन सफल भएको छ | बिजेता टिमले ट्रफी र आकर्षक पुरस्कार प्राप्त गरेका छन्, सम्पूर्ण स्कुललाई प्रमाण पत्र तथा उपहार हरु सहकारी संस्थाका अध्यक्ष्य डा. सुशील अधिकारीले प्रदान गर्नुभएकाे थियाे | हाजिरिजवाफलाई ओसियेस पब्लिकेसन, एसिया पब्लिकेसन रअरोठी पब्लिकेशनले सहयोग गरेका थिए |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्