रङ्गेली र बेलबारीमा दुई जना मृत अवस्थामा फेला

<span class='c1'>रङ्गेली र बेलबारीमा दुई</span> <span class='c2'>जना मृत अवस्थामा फेला</span>

उर्लाबारी (मोरङ) । मोरङका दुई छुट्टाछुट्टै स्थानमा गएराति दुई जना मृत अवस्थामा फेला परेका छन् ।

जिल्लाको रङ्गेली नगरपालिका–९ बनकोलस्थित रङ्गेली–दोहमना भित्री सडकको किनारामा गएराति स्थानीय ६० वर्षीय पहाडचन राजवंशी मृत अवस्थामा फेला परेका छन् ।

अनुहार र घाँटीमा चोट देखिएका उनलाई स्थानीयले मृत अवस्थामा भेटेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाका विषयमा अनुसन्धान सुरु गरिएको इप्रका रङ्गेलीका प्रहरी निरीक्षक सञ्जिबबाबु खड्काले जानकारी दिए ।

यस्तै गएराति नै मोरङको बेलबारी नगरपालिका–१० भाउन्ने जङ्गलमा नाम थर वतन खुल्न नसकेकी अन्दाजी २२ वर्षीया एक महिला मृत अवस्थामा भेटिएकी छन् । घटनास्थलमा इलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरीको टोली खटी अनुसन्धान सुरु गरेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्