निर्धक्क भएर निर्वाचनमा भाग लिन सबैलाई आग्रह

<span class='c1'>निर्धक्क भएर निर्वाचनमा भाग</span> <span class='c2'>लिन सबैलाई आग्रह</span>

तुलसीपुर (दाङ) । गृहमन्त्री जनार्दन शर्माले स्थानीयतहको निर्वाचनमा जनता निकै उत्साहित रहेको र राजनीतिक दलहरुबीच स्वच्छ प्रतिस्पर्धाकोवातावरण देखिएको बताएका छन् । उनले आज बिहान यहाँ पत्रकारसँग गरिएको साक्षात्कार कार्यक्रममा सो कुरा बताएका हुन् ।

गृहमन्त्री शर्माले शान्ति सुरक्षाको दृष्टिकोणले कुनै कमीकमजोरी नरहेकाले  निर्धक्क भएर निर्वाचनमा भाग लिन सबैलाई आग्रह गरे । उनलेपहिलो चरणको निर्वाचनमा एकाध घटनाबाहेक पूर्णत शान्तिपूर्ण रुपमा सम्पन्न भएको भन्दै दोस्रो चरणको  निर्वाचन पनि शान्तिपूर्ण रुपमा हुनेविश्वास व्यक्त गरे ।

गृहमन्त्री शर्माले राजनीतिक समस्या समाधान गर्नका लागि तीन चरणमा निर्वाचन गराउनु परेको स्पष्ट पार्दै भने, शान्ति सुरक्षा पु¥याउन नसक्नेभएर होइन ।

उनले निर्वाचन बिथोल्न अघि सरेको नेकपा (माओवादी विप्लव) समूहले पनि थवाङलगायत कतिपय स्थानमा निर्वाचनमा भाग लिइरहेको बताए ।

त्यस्तै संविधानप्रति असन्तुष्ट रहँदै आएको राष्ट्रिय जनता पार्टी (राजपा) कै सहमतिमा प्रदेश नम्बर २ मा असोज २ गते निर्वाचन गर्न सरकारतयार भएको उनको भनाइ छ ।

गृहमन्त्री शर्माले स्थानीय निकायको निर्वाचन सम्पन्न भएपछि मङ्सिरभित्रै अन्य निर्वाचन गरिसक्ने तयारी सरकारले गरेको बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्