पाँचथरको रानिटार-६ घर भई हाल ईलाम जिल्लाको इलाम नगरपालिका-८ धोबिधारा बस्ने ३० बर्षिया निरु गुरुरुङलाई उनकै श्रीमान ३५ बर्षिय नर बहादुर गुरुङले आइतबार खुकुरी प्रहार गरेका छन्।
बेलुका ८ बजे तिर मादक पदार्थ सेवन गरेका नरबहादुरले सामान्य विवाद पश्चात खुकुरी प्रहार गरेको स्थानीयले बताए।
खुकुरी प्रहारबाट टाउँकोमा चोट लागेकी निरुको जिल्ला अस्पताल इलाममा उपचार भइरेहको छ भने खुकुरी प्रहार गर्ने नरबहादुरलाई जिल्ला प्रहरी कार्यालय इलामले नियन्त्रणमा लिएको छ।