झापाको बिर्तामोडमा पनि उम्मेदवारको घर छेउमा दुई शङ्कास्पद वस्तु फेला

<span class='c1'>झापाको बिर्तामोडमा पनि उम्मेदवारको घर</span> <span class='c2'>छेउमा दुई शङ्कास्पद वस्तु फेला</span>

२ असार, झापा । झापाको बिर्तामोड नगरपालिकामा माओवादी केन्द्रबाट उपमेयरकी उम्मेदवार बनेकी लक्ष्मी न्यौपानेको घर छेउमा दुई शङ्कास्पद वस्तु फेला परेका छन् ।

शंकाष्पद वस्तु भेटिएपछि बमको आशंकाले स्थानीय त्रसित बनेका छन् ।जिल्ला प्रहरी कार्यालय, झापाका प्रहरी प्रमुख एसपी शैलेश थापा क्षेत्रीले अनलाइनखबरलाई दिएको जानकारी अनुसार त्यहाँ अहिले नेपाल प्रहरी, एपीएफ र सेनाको टोली पुगेको छ ।

‘हामी त्यो शंकास्पद वस्तुलाई हेरेर डिफ्यूज गर्नेछौं’, उनले भने ।

न्यौपानेको घर बिर्तामोड–५, सुब्बा चोकमा पर्छ । उनको घरको कम्पाउण्ड छिर्ने बाटोमा शंकास्पद वस्तु भेटिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्