अमेरिकामा नेपाली युवतीको हत्यारालाई आजीवन काराबासको सजाय सुनाइयो

अमेरिकामा नेपाली युवतीको हत्यारालाई आजीवन काराबासको सजाय सुनाइयो

विजय थापा, वासिङ्टन डिसी— भर्जिनिया राज्यको मेकानिकसभिलमा बसोबास गर्दै आएकी नेपाली युवती रिना जादब श्रेष्ठको हत्या आरोपमा उनका पति हर्षदकुमार जादबलाई अजीवन काराबास सजाय हुने भएको छ। अदालतको निर्णायक समितिले रिनाको हत्यामा जादबको संलग्नता ठहर गर्दै आजीवन कारावासका लागि सिफारिशको निर्णय गरेको हो।

अदालतमा बहस हुँदा अभियुक्त जादब पनि उपस्थित गराइएका थिए। उनले अफूलाइ श्रीमतीले धोका दिएको बयानमा उल्लेख गरेका थिए। जादबका कानुन व्यवसायीले जादब निर्दोष भएको दाबी गरेका थिए।

भारतीय मुलका जादबसँग विवाह गरेकी रिनाको २०१६ सेप्टेम्बर ५ मा हत्या भएको थियो। कपडाले बेरिएको अवस्थामा उनको शव प्रहरीले बरामद गरेको थियो। हतियार प्रहार गरी उनको हत्या भएको मेडिकल परीक्षणबाट खुलेको थियो।

भाग्न लागेका रिनाका ३३ वर्षीय पति हर्षदकुमार जादबलाई पक्राउ गरी प्रहरीले कानुनी कारवाही अघि बढाएको थियो। भारतीय मूलका जादब कम्प्युटर प्रोग्रामर हुन्।

चार वर्षअघि भएको थियो विवाह

रिनाको विवाह भएको ४ बर्ष भएको थियो। उनीहरुबाट सन्तान भएका थिएनन्। हत्या भएको राति ११ बजेतिर छिमेकीले महिला चिच्याएको आवाज सुनेका थिए। त्यसको भोलिपल्ट बिहान ५ बजेर ४३ मिनेटमा रिनाको शव प्रहरीले फेला परेको थियो।

मृतक रिना र उनका पति हर्षदकुमार अर्कार्ड मिडो सडक को १० हजार १ सय घरमा बस्दै आएका थिए। प्रहरीले हानओभर काउन्टी सर्कुट अदालतबाट गिरफ्तारी अधिकार लिँदै प्रहरीले रिनाको पति को घरमा छापा मरेको थियो। घरमा प्रहरीले खानतलासी गर्दा १० हजार नगद अमेरिकी डलर तथा राहदानी फेला परेको थियो।

उनलाई पामुङ्के क्षेत्रीय कारागारमा राखिँदै आएको छ। रिना प्रतिभाशाली कलाकार समेत थिइन्। चित्रकलामा रमाउने उनी बाँसुरी बजाउन पोख्त थिइन्।

- नागरिक दैनिकको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्