विराटनगरमा मतदाता परिचयपत्र लिन हम्मेहम्मे

विराटनगरमा मतदाता परिचयपत्र लिन हम्मेहम्मे

सुमन तिमल्सिना । विराटनगर, असार १२ – मतदाता परिचयपत्र लिन लाइनमा बसेका नागरिकले ढिलागरी मतदाता परिचयपत्र वितरण शुरु गर्दा समस्या भएको बताएका छन् । विराटनगरमा मतदाता धेरै भएका स्थानमा शनिबारनै मतदाता परिचयपत्र वितरण गर्नुपर्नेमा सोमबारदेखि मात्र वितरण सुरु गर्दा समस्या भएको स्थानीय बासिन्दाले गुनासो गरेका गरेका हुन् ।   विराटनगरको वडा नम्बर १० मा रहेको भानु आधारभुत विद्यालयको मतदान स्थलमा ६ हजार ८५ जना मतदाताले मतदान गर्नेछन् । यो मतदान स्थल विराटनगर कै सबै भन्दा धेरै मतदाता रहेको मतदान स्थल हो । यहाँ मतदाता परिचयपत्र लिनको लागि आइतबारदेखि नै मतदाता आएका हुन् । आइतबार परिचयपत्र वितरण नभएपछि उनीहरु खाली हात फर्किएका थिए । परिचयपत्र वितरण गर्ने काम व्यवस्थित नहुँदा समस्या भएको मतदाता देवु मण्डलले बताउनुभयो । परिचयपत्र लिनकै लागि मतदाता लामो समय लाइनमा बस्नुपरेको उहाँले गुनासो गर्नुभयो । कतिपयको भने मतदाता परिचयपत्र सिरियल नम्बरको आधारमा फेला नपारेको गुनासो गरेका छन् । स्थानी मतदाता सुमिध पोखरेलले आफ्नो परिवारको सबै मतदाताको परिचयपत्र खोज्न दुईदिन लाग्ने अवस्था आएको उल्लेख गर्नुभयो । अघिल्लो चुनावमा भन्दा यो पटक मतदाता परिचयपत्र लिन सजिलो गराएको निर्वाचन आयोगले जनाएपनि परिचयपत्र लिन भने अप्ठ्यारो भएको स्थानीय बासिन्दाले बताएका छन् । विराटनगरको सबै क्षेत्रमा परिचयपत्र वितरण निकै ढिलो भएको गुनासो आएको छ । निर्वाचन कार्यालयको ढिलासुस्तीका कारण मतदाताले समयमा नै परिचयपत्र नपाउने समस्या रहेको आरोप नागरिकले लगाएका छन् । तर चुनावमा खटिएका मदतान अधिकृत सञ्जिव कुमार भट्टराईले भने सामान्य प्राविधिक समस्याले गर्दा समयमा नै परिचयपत्र वितरण गर्न नसेकेको बताउनुभयो । उहाँले परिचयपत्र वितरणको काम ठूलो समस्या नभएकोले मदतान सहज रुपमा सहज बनाउन सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो । उहाँले परिचयपत्र वितरणमा समस्या आएको भने स्वीकार्नुभयो । निर्वाचन आयोगबाट पठाइएका परिचयपत्र छरिएको अवस्थामा पुगेकोले समस्या भएको कर्मचारीले गुनासो गरेका छन् । दोस्रो चरणको स्थानीय तहको विराटनगर महानगरपालिकामा सबै भन्दा धेरै एक लाख १२ हजार ८ सय ३२ मतदाता रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्