बिराटनगरमा ७ जना पुर्व मन्त्रीले मतदान गर्ने

<span class='c1'>बिराटनगरमा ७ जना पुर्व</span> <span class='c2'>मन्त्रीले मतदान गर्ने</span>

सुमन तिम्सिना, मोरङ, असार १३– विराटनगर महानगरपालिकाका विभिन्न मतदान केन्द्रबाट सात जना पूर्वमन्त्रीले मतदान गर्ने भएका छन् । पूर्वमन्त्री लालबाबु पण्डित, सुजाता कोइराला, महेश आचार्य, मिनेन्द्र रिजाल, गिरिराजमणि पोखरेल, उपेन्द्र यादव र गोपी आछामीले मतदान गर्नेछन् । त्यस्तै वहालवाला मन्त्री शिवकुमार मण्डलले पनि मोरङबाट नै मतदान गर्ने जनाइएको छ ।  सुजाता कोइरालाले आदर्श स्कुल मतदान केन्द्र र पोखरिया स्कुल मतदान केन्द्रबाट डा. मिनेन्द्र रिजालले मतदान गर्नुहुनेछ  । त्यस्तै महेश आचार्यले जनता स्कुल, गिरिराजमणि पोखरेलले जमुनगाछी मतदान केन्द्र, बहालवाला मन्त्री शिवकुमार मण्डलले सुनवर्सी नगरपालिकाबाट मतदान गर्नु हुने सम्बन्धीत दलले जनाएका छ  । संघीय समाजवादी फोरमका अध्यक्ष तथा पूर्वमन्त्री उपेन्द्र यादवले विराटनगरको डिग्री क्याम्पसबाट मतदान गर्नु हुनेछ ।  त्यस्तै अन्य नेतामा डा. डिला संग्रौलाले जनपथ मावि, अमृत अर्यालले महेन्द्र मोरङ मतदान केन्द्र, नेकपा एमालेका केन्द्रीय सदस्य तथा कोशी अञ्चलल इन्चार्ज जीवन घिमिरे  तीनटोलीया,  गुरु बरालले महेन्द्र मोरङ क्याम्पसको मतदान केन्द्रबाट भोट हाल्नेछन् । डा.शिवमाया तुंबाहाम्फेले उर्लावारी नगरपालिकाबाट मतदान गर्नुहुनेछ ।  त्यस्तै माओवादी केन्द्रका केन्द्रीय नेताले पनि मोरङका विभिन्न स्थानमा मतदान गर्नेछन् ।  केन्द्रीय सचिवालय सदस्य सावित्रीकुमार काफ्लेले डाँगिहाट मतदान केन्द्र, केन्द्रीय आयोजक तथा सल्लाहकार टंक गिरीले विराटननगर १३, कुशल लिम्बुले मिक्लाजु मतदान केन्द्र र पोलिटब्युरो सदस्य होम कार्कीले विराटनगरबाट मतदान गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्