पाँचथर, असार १३ गते।
पाँचथरको मिक्लाजुङ गाउँपालिका-७ लुम्बाफेमा सोमबार जंगली च्याउ खाएर एकै परिवारका ४ जना बिरामी परेका छन्।
स्थानीय ८२ बर्षिय चन्द्र बहादुर माखीम, उनकै नाती १० बर्षिय सगम माखिम, ८ बर्षिय समिर माखिम र नातिनी ७ बर्षिया सपना माखिमले बेलुका जंगलबाट ल्याएको विषालु च्याउ खाएका थिए।
च्याउ खाएसंगै बिरामी परेका उनीहरुको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरेहको पाँचथर प्रहरीले जनाएको छ।