झापामा दुर्घटना : स्कुटर चालकको मृत्यु

झापामा दुर्घटना : स्कुटर चालकको मृत्यु

झापा, असार १३, झापाको शिवसतासी नगरपालिका-१० माइखोलाको पुल नजिकै सोमबार स्कुटरले ओभरट्याक गर्ने क्रममा बसमा ठक्कर खाँदा एक जनाको ज्यान गएको छ।

बा ३२ प ६६१३ नम्बरको स्कुटिलाई मे ७ प २३२९ नम्बरको स्कुटिले ओभरट्यक गर्ने क्रममा को १ ख ३९१४ नम्बरको यात्रुवहाक बसमा ठोक्किदा २३२९ नम्बरको स्कुटर चालक झापा शिबसतासी नगरपालिका-७ बस्ने ३५ बर्षिय सेतु भन्ने बिजय लावती गम्भिर घाइते भएका थिए।

उनको विएनसी अस्पताल विर्तामोडामा उपचारकोलागि लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। दुर्घटनामा ६६१३ नमबरको स्कुटर चालक झापा शनि-अर्जुन नगरपलिका-६ बस्ने २३ बर्षिया रविना निरौला भने सामान्य घाइते भएकी छिन्।

उनको स्थानीय मेडिकल सुरुङ्गामा उपचार भइरहेको छ। घटनास्थलमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रहरीको टोली खटिगई तीनवटै सवारी साधन तथा बसका चालकलाई नियन्त्रणमा लिएको छ।

यस्तै सिरहाको लहान नगरपालिका-३ स्थित गोधुली होटल नजिकै लु अ अ भा २१६८ नम्बरको स्कुल भ्यान र ना ४७ प २०७७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किदा मोटरसाइकल चालक सिरहा भगवानपुर गाउँपालिका-३ लडाहा बस्ने बिन्द ठाकुरको छोरा १८ बर्षिय पुण्य ठाकुर शर्मा र पछाडी सवार सोही ठाउँका १९ बर्षिय दिपक यादव घाइते भएका छन्।

घाइते दुवैको हस्तिका पोलिक्लिनिक लहानमा उपचार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्