सबैतिर स्मार्ट कार्ड वितरण गर्ने लक्ष्य अनुरुप अहिले देशभरका कार्यालयहरुबाट नयाँको लागि लिखित परीक्षा, प्रयोगात्मक परीक्षा तथा नविकरणको कार्य बन्द गरिएको विभागका प्रवक्ता टोकराज पाण्डेले जानकारी दिए।
आजदेखि पोखरा र वागलुङबाट स्मार्ट कार्ड वितरण सुरु गरेको विभागले असारभित्र अन्य सबै स्थानबाट वितरण गर्ने र त्यसपछि सबैतिर स्मार्ट कार्डमात्र वितरण गरिने जानकारी दिएको छ।
अनुमतिपत्रमा एकरुपता ल्याउन, चोरी तथा नक्कली पत्रलाई निरुत्साहित गर्न सहयोग पुग्ने भएकोले विभागले अवदेखि कागजी पत्र कसैैलाई पनि वितरण नगर्ने जानकारी दिएको छ।
अब विभागबाट वितरण तथा नविकरण हुने सबै कार्डमात्र हुने विभागले प्रष्ट पारेको छ।