मोरङ, असार १४ गते।
मोरङको विराटनगर महानगरपालिका-३ स्थित पुुसेट क्याम्पस (पुरानाे कन्या क्याम्पस भएकाे स्थान) मतदान केन्द्रबाट बुधबार एक जना नक्कली मतदाता पक्राउ परेका छन्। सोही ठाउँका नागरीक्ता नम्बर ०५१०६६\८१४५ र मतदाता नम्बर १५०४९४१४ क्रम संख्या ३०९६ को दुर्गा आचार्यको नाममा भोट हाल्न आएका उनकै काका सोही ठाउँका २९ बर्षिय पुरुषोतम आचार्य रहेका छन्।
उनलाई निर्वाचनमा खटिएको निर्वाचन टोलीले पक्राउ गरी प्रहरीलाई बुझाएको हो। घटनाबारे जिल्ला प्रहरी कार्यालय मोरङले थप अनुसन्धान गरीरहेको उक्त कार्यालयले जनाएको छ।
विराटनगरमा अाज विहानै देखि मतदान जारी रहेकाे छ।