१५ असार, दाङ । दाङ जिल्लामा माओवादी केन्द्रले खाता खोलेको छ । राप्ती गाउँपालिकाको वडा नम्बर ९ मा माओवादी केन्द्रको पूरै प्यानल विजयी भएको छ ।
अध्यक्ष पदमा रिमबहादुर सुनारीमगर २०१ मतसहित विजयी भएको पत्रकार दशरथ घिमिरेले जानकारी दिएका छन् ।
आदर्श मावि लालमटियाको नयाँ भवनमा वडा नम्बर ९ बाट मतगणना सुरु गरिएको थियो ।
दाङमा २ लाख ९१ हजार १ सय ७५ जना मतदाता रहेकोमा २ लाख १८ हजार ३ सय ३९ मत अर्थात ७४ दशमलब ९९ प्रतिशत मत खसेको निर्वाचन कार्यालय दाङले जनाएको छ ।