मोरङको बिराटनगर महानगरपालिकाको मतगणना साढे ११ बजेबाट सुरु हुने भएको छ ।
भर्खरै सम्पन्न दलका प्रतिनिधिहरुको सर्बदलीय बैठकले साढे ११ बजेबाट मतगणना सुरु गर्ने निर्णय गरेको मोरङ जिल्लाका प्रमुख निर्वाचन अधिकृत विनोदकुमार पोखरेलले जानकारी दिए ।
१९ वटा वडा रहेको विराटनगरमहानगरमा १ लाख १२ हजार ८३२ मतदाता छन् । विराटनगर महानगरमा ११९ मतदान केन्द्र तोकिएको थियो । मोरङमा ७० प्रतिशत मतदान भएको छ ।