बिराटनगर महानगरपालिकाको मतगणना अझै पनि सुरु हुन सकेको छैन । प्रतिनिधि विवादका कारण मतगणना सुरु हुन नसकेको हो । दलहरुले मतगणना स्थलमा एक जना पदाधिकारीका लागि कम्तिमा एक जना प्रतिनिधि राख्न पाउनुपर्ने बताएपछि सर्वदलीय बैठकमा सहमति जुट्न नसकेको हो ।
यता निर्वाचन आयोगका प्रतिनिधिले ठाउँ सानो रहेका कारण एउटा दलबाट एक र बढीमा दुई जना भन्दा धेरै प्रतिनिधि राख्न नसकिने बताउँदै आएको छ । मतगणना हुने स्थान अगाडी सर्वसाधारणको ठुलै भिड लागेको छ ।