बिराटनगरको मत गणना ज्यादै सुस्त , यस्तै ताल हो भने ३ महिना लाग्ने

<span class='c1'>बिराटनगरको मत गणना ज्यादै सुस्त , यस्तै</span> <span class='c2'>ताल हो भने ३ महिना लाग्ने</span>

बिराटनगर असार १६ ,

बिराटनगर महानगरपालिकाको मत गणना ज्यादै सुस्त भएको छ । बिराटनगरको आदर्श स्कुलमा जारि गणनामा बिगत १२ घण्टाको अवधिमा मात्रै ३ सय २० मत गनिएको छ । बिराटनगरको कुल मतदान गर्ने मतदाता ७० हजार बढी रहेको हुनाले अहिले कै तरिकाले मत गणना गर्ने हो भने ३ महिनाको समय लाग्ने अनुमान गर्न सकिन्छ ।  विराटनगर महानगरमा ११९ मतदान केन्द्र तोकिएको थियो ।

बिराटनगरमा मतगणना पनि ढिला गरि सुरु गरिएको थियो । अहिले बिराटनगर वडा नम्बर १ को मतगणना जारि रहेको छ। १९ वटा वडा रहेको विराटनगरमहानगरमा १ लाख १२ हजार ८३२ मतदाता छन् । यता निर्वाचन आयोगले बढीमा एक हप्ताको समयमा मतगणना सम्पन्न गरिसक्नु पर्ने बताएको छ  । बिराटनगरमा मतगणनामा थप जनशक्ति तथा उचित व्यस्थापन गर्न सकिएन भने बिराटनगरको नतिजा निकै ढिला हुने निश्चित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्