बिराटनगर महानगरपालिकामा अहिलेको समयसम्म ३२० मत गणना भएको छ । जसमा ७४ मत बदर भएको छ । पहिलो चरणको निर्वाचनमा ठूलो संख्यामा मत बदर भएपछि निर्वाचन आयोगले मोटो रकम मतदाता शिक्षामा खर्चिए पनि दोस्रो चरणको निर्वाचनमा पनि मत बदरको क्रम उच्च देखिएको छ । अझै धेरै मत गणना गर्न बाकि रहेको अवस्थामा बिराटनगरमा अझै धेरै मत बदर हुने निश्चित देखिन्छ ।
१९ वटा वडा रहेको विराटनगरमहानगरमा १ लाख १२ हजार ८३२ मतदाता छन् । विराटनगर महानगरमा ११९ मतदान केन्द्र तोकिएको थियो । मोरङमा ७० प्रतिशत मतदान भएको छ ।