विहान ६ बजेदेखि स्थगित विराटनगर महानगरपालिकाको मत गणना शुरु

<span class='c1'>विहान ६ बजेदेखि स्थगित विराटनगर</span> <span class='c2'>महानगरपालिकाको मत गणना शुरु</span>

सुमन तिमल्सिना । बिराटनगर, असार १६ – विहान ६ बजेदेखि स्थगित विराटनगर महानगरपालिकाको मत गणना शुरु भएको छ । दलबीचमा सहमति वडा नम्बर १ देखि ४ सम्मको वडाबाट मतगणना शुरु भएको क्षेत्रीय निर्वाचन अधिकारी प्रेमप्रसाद सञ्जेलले जानकारी दिनुभयो । ‘चार वटा वडाको मत गणनाको काम शुरु भएको छ’ उहाँले भन्नुभयो, ‘हिजोदेखि नै एक नम्बर वडाको मत गणना शुरु गरेको भएपनि आजदेखि ३ वडा थपेका छौ अब केही समय पछि ५ नम्बर वडा पनि थपेर काम शुरु हुने छ ।’

विराटनगर महानगरमा कुल मतदाता १ लाख १३ हजार ७६१ जना रहेकोमा ८० हजार ४ सय ७७ मत खसेको थियो । यो खसेको मतको आधारमा हेर्ने हो भने आज बिहान सम्म जम्मा ३ सय ५० मत मात्र गणना भएको छ । मत गणनामा ढिला भएपछि अहिले मत गणक बढाएर मत गणनालाई तिब्रता दिने तयारी भइरहेको मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोखरेलले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्