विराटनगर असार १७, विराटनगरको मत परिणाम मत गणना स्थालबाट पत्रकार समेतलाई पाउन कठिन रहेको छ । निर्वाचन कार्यालयले व्यवस्थित रुपमा र समयसमयमा मत परिणाम नदिएको कारण जनतालाई सुसूचित गर्न कठिन भएको मत गणनास्थल अगाडि बसेका सर्वसाधारण तथा पत्रकारको गुनासो रहेको छ ।
व्यवस्थित तरिकाले सबै वडा लगायतको मत परिणाम उपलब्ध हुन सके जनतामा रहेको मत परिणामको उत्सुकता पूरा गर्न सकिनेछ ।