सिन्धुपाल्चोकबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटना

सिन्धुपाल्चोकबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटना

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको ठूलो सिरुबारीबाट काठमाडौँ आउँदै गरेको बा२ख२७०२ नम्बरको यात्रुबाहक बस चौतारा–वनदेउ सडकखण्डको पोखरेमा दुर्घटना भएको छ । दुर्घटनामा ६ यात्रु चिन्ताजनक अवस्थामा छन् । त्यस्तै ३० यात्रु घाइते रहेको बताइएको छ ।

बस बा६४प३०२६ नम्बरको मोटरसाइलसँग ठक्कर खाँदा दुर्घटनाग्रस्त हुन पुगेको हाम्रा सम्वाददाताले जानकारी दिएका छन् । दुर्घटनाबाट मोटरसाइलमा सवाल दुई जना पनि गम्भीर घाइते छन् ।

घाइतेको धुलिखेल अस्पातलमा उपचारका लागि लगिएको छ । दुर्घटनास्थलमा प्रहरी पुगिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्