झापाको कचनकवल गाउँपालिकामा राप्रपा विजयी

झापाको कचनकवल गाउँपालिकामा राप्रपा विजयी

झापा, असार १९ – झापाको कचनकवल गाउँपालिकामा राप्रपा विजयी भएको छ । राप्रपाका  अन्जरा आलम ५ हजार ८ सय १६ भोट ल्याएर अध्यक्षमा निर्वाचित हुनु भएको हो । कांग्रेसका कालेन्द्र प्रसादसिंह राजवंशीले  ५ हजार ३ सय ५३ मत ल्याउनु भयो ।  उपाध्यक्षमा पनि राप्रपानै विजयी भएको छ । निनसरी राजवंशी ५ हजार ५ सय ७४ मत ल्याउदै  विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी गीता ओडारी खरेलले  ५ हजार ७२ मत पाउनु भयो । झापाका १५ वटा स्थानीय तहमध्ये १४ वटाको मत परिणाम आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्