लेटाङ नगरपालिकामा कांग्रेस विजयी

<span class='c1'>लेटाङ नगरपालिकामा</span> <span class='c2'>कांग्रेस विजयी</span>

 भूमिका पाख्रिन, लेटाङ

मोरङको लेटाङ नगरपालिकामा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । नेपाली कांग्रेसका उम्मेदवार शंकर राईले ६ हजार ९ सय ६१ मत प्राप्त गर्दै जित हासिल गरेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका भूपेन्द्र कुमार लावतीले ६ हजार ६ सय ५६ मत प्राप्त गरे । त्यस्तै उपमेयरमा नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेकी कृष्णकुमारी निरौलाले ६ हजार ८ सय ९ मत प्राप्त गर्दै जित हासिल गरेकीछन् । त्यस्तै नेपाली कांग्रेसको तर्फबाट उपमेयरका उम्मेदवार शुभद्रा भट्टराईले ५ हजार ७ सय ४० मत प्राप्त गरिन् । जम्मा ९ वटा वडा रहेको लेटाङ नगरपालिकामा जम्मा १५ हजार ५ सय ७४ मत खसेको थियो ।

जसमा वडा नम्बर १, २, ५ र ९ नम्बर वडामा एमालेको सम्पूर्ण प्यानल नै विजयी भएको थियो । त्यस्तै वडा नम्बर ४, ६, ७, र ८ मा कांग्रेसको प्यानल नै विजयी भएको थियो । त्यसैगरी वडा नम्बर ३ मा भने एमालेका खुल्ला तर्फका वडा सदस्यबाहेक अन्य पदमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । जित हासिल पश्चात नवनिर्वाचित मेयर राईले सम्पूर्ण मतदातालाई धन्यवाद दिँदै लेटाङको विकासमा आफू सदैव सक्रिय रहने प्रतिवद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्