विराटनगर २० असार । मोरङका चार गाउँपालिकाको मत परिणाम सार्वजनिक भईरहदा ३ वटामा कांग्रेस र एउटामा एमालेले जित हासिल गरेको छ ।
विराटनगर महानगरपालीकासँग जोडिएको कटहरी गाउँपालिकामा नेपाली कांग्रेसले जित हासिल गरेको छ । अध्यक्ष उपाध्यक्षसहित सात मध्ये दुई वडा अध्यक्षमा कांग्रेसले जित हासिल गरेको हो ।
कांग्रेसका उम्मेदवार रामकुमार कामतले प्रतिद्वन्द्वी एमालेका मुक्तिनारायण राजवंशीलाई ७ सय २५ मतले पराजित गरेका हुन् । उपाध्यक्ष कांग्रेसकै मञ्जीता सरदारले एमाले उम्मेदवार सुमन सरदारलाई ७ सय ३९ मतले पराजित गरेकी छन् ।
कामतले ४ हजार ५ सय ६ मत ल्याउँदा राजवंशीले ३ हजार ७ सय ५५ मत ल्याएका छन् । उपाध्यक्ष मञ्जीताले ४ हजार ४ सय ९४ मत ल्याउँदा एमालेकी सुमनले ३ हजार ७ सय ५५ मत ल्याइन् ।
त्यसैगरी ६ नम्बर वडामा एमालेका पृथ्वीनारायण सरदार सहित एमालेका तीन सदस्य झुनीलाल सरदार, फूलोकुमारी राजवंशी र सजनीदेवी सरदार तथा कांग्रेसका सदस्य सहदेव सरदारले जितेका छन् ।
७ नम्बर वडामा एमालेका वडा अध्यक्ष प्रतापकुमार श्रेष्ठसहित प्यानलनै आएको छ । श्रेष्ठले ७ सय ४० मत ल्याउँदा कांग्रेसका चन्द्रलाल सरदारले ४ सय ७८ मत ल्याएका छन् । निर्वाचित अन्य सदस्यहरुमा मनोजकुमार माझी, हरिनन्दन मुडियारी, छेदनीदेवी सरदार र भालोकुमारी सरदार छन् ।
कटहरी गाउँपालिकाका वडाहरुमा एक लोकतान्त्रिक फोरम, दुई, दुई कांग्रेस, एमाले र माओवादी केन्द्रका अध्यक्ष विजयी भएका छन् ।
लेटाङ नगरपालिकाको प्रमुखमा कांग्रेसका शंकर राईले निर्वाचित भएका छन् । उनले ६ हजार ६ सय ५६ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका भुपेन्द्र लावतीले छ हजार ३ सय ५१ मत प्राप्त गरेका थिए ।
लेटाङको उपप्रमुखको पदमा एमालेकी कृष्णकुमारी निरौलाले विजयी भएकी छन् । लेटाङ नगरपालिकाको वडा नं ४, ६, ७ र ८ मा कांग्रेस र वडा नं १, २, ५ र ९ मा एमाले वडा अध्यक्षमा निर्वा्चित भएका छन् ।
उता रतुवामाई नगरपालिकाको मेयरमा कांग्रेसका रवीन राई विजयी भएका छन् । राईले नौ हजार ८ सय ९५ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका टेकेन्द्र पोमुले ८ हजार १ य ५० मत प्राप्त गरेका थिए । उपमेयरमा एमालेकी दयामन्त चुडाल निर्वाचित भएकी छन् । मिक्लाजुङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी भईसेकाछन् ।
यता महानगरमा पनि अहिले सम्म काग्रेस नै अग्रस्थानमा रहेको छ । विराटनगरको वडा १ र १६मा काग्रेसले नै जित हासिल गरेको छ । यो समाचार तयार पर्दासम्म मयेर तर्फ काग्रेसका भीम पराजुलीले ८०४६ प्राप्त गरेका छन् भने नेकपा एमालेका विनोद ढकालले ५५८२ प्राप्त गरेका छन् त्यसैगरी सघिय समाजवादी फोरमका उमेश यादवले ५१५३ मत प्राप्त गरेका छन् । त्यसैगरी उपमेयरमा नेपाली काग्रेसको ६८२९ फोरम लोकतान्त्रिकको ३२१५ र माओवादी केन्द्रको ३४५१ मत प्राप्त गरेका छन् ।