नेपालमा रहेका पुराना ५ सय र हजारका भारु नोटको व्यवस्थापन चाँडै हुने

<span class='c1'>नेपालमा रहेका पुराना ५ सय र</span> <span class='c2'>हजारका भारु नोटको व्यवस्थापन चाँडै हुने</span>

काठमाडौँ । उपप्रधानमन्त्री कृष्णबहादुर महराले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको मिति दुवै मुलुकका सम्बन्धित दूतावासको छलफलपछि तय हुने बताउँदै नेपालमा रहेका पुराना ५ सय र हजारका भारु नोटको व्यवस्थापन पनि चाँडै हुने बताएका छन् ।
व्यवस्थापिका–संसद् बैठकलाई उनले आफ्नो भारत भ्रमणका बेला त्यहाँ प्रधानमन्त्री देउवाको भारत भ्रमण र समसामयिक राजनीतिक विषयमा छलफल भएको जानकारी दिए ।
उपप्रधानमन्त्री महराले भने, “भ्रमणका दौरान दुवै मुलुकबीच पाइप लाइनमा भएका विकाससँग सम्बन्धित विषयलाई अघि बढाउने कुरा उच्चस्तरमा छलफल भयो, भारत सरकारले हालै लागू गरेको नयाँ कर प्रणालीले नेपालका सिमाना बजारमा पर्ने असर तथा नेपालमा रहेको भारतीय रुपैयाँ नोटको सटहीका सम्बन्धमा छिटो हल गर्ने कुरामा विस्तृत छलफल भयो ।”

खाना पकाउने ग्यास बोक्ने बुलेट गाडी नेपालमा छिटो ल्याउने र निकट भविष्यमा नेपालमा हुने बिमस्टेकको बैठकका सम्बन्धमा पनि छलफल भएको उनले बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्