लेटाङमा निर्वाचित जनप्रतिनिधिद्धारा सपथ ग्रहण

लेटाङमा निर्वाचित जनप्रतिनिधिद्धारा सपथ ग्रहण

भूमिका पाख्रिन, लेटाङ , लेटाङ नगरपालिकाको निर्वाचनको परीणाम सार्वजनिक भएसँगै निर्वाचित जनप्रतिनिधिले आज सपथ ग्रहण गरेका छन् । लेटाङ नगरकार्यपालिकाको भवनमा आयोजित एक कार्यक्रममा निर्वाचन अधिकृत डम्मरु प्रसाद निरौलाले निर्वाचित सम्पूर्ण जनप्रतिनिधिलाई सपथ खुवाउनु भएको हो । ५ वर्षे कार्यकाल रहने जनप्रतिनिधिहरुलाई सपथसँगै प्रमाणपत्र समेत वितरण गरिएको थियो । सपथपछि नगरपालिकाका कार्यकारी अधिकृत नारायण न्यौपानेले जनप्रतिनिधिहरुलाई कार्यकालको शुभकामना दिनुभयो । लेटाङ नगरपालिकाको मेयर पदमा नेपाली कांगे्रसका उम्मेदवार शंकर राई तथा उपमेयरमा एमालेको तर्फबाट उम्मेदवार बनेकी कृष्णकुमारी निरौला निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्