उर्लाबारी नगरपालिकाको मेयर नेपाली कांग्रेस र उपमेयरमा नेकपा एमाले विजयी

उर्लाबारी नगरपालिकाको मेयर नेपाली कांग्रेस र उपमेयरमा नेकपा एमाले विजयी

बिराटनगर ,असार २१ – मोरङको उर्लाबारी नगरपालिकाको मेयर नेपाली कांग्रेस र उपमेयरमा नेकपा एमाले विजयी भएको छ । मेयरमा कांग्रेसका खड्ग फागो र उपमेयरमा एमालेकी लक्ष्मी भण्डारी विजयी हुनुभएको छ ।

कांग्रेसका फागोले एमालेका भुपालसिंह जिमीलाई ३ हजार ९० को फराकिलो मतले पछि पार्दै विजय हुनुभएको हो । फागोले ११६३२ र जिमीले ८५४२ मत प्राप्त गर्नुभयो । उपमेयरमा विजयी एमालेकी लक्ष्मी भण्डारीले ९५३९ र प्रतिस्पर्धी कांग्रेसकी सीता कार्कीले ९२८० मत पाउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्